राष्ट्रिय प्रजातन्त्र दिवस यस वर्ष तीन दिनसम्म मनाइने भएको छ । २००७ साल फागुन ७ गते राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले फागुन ६, ७ र ८ गते विविध कार्यक्रमसहित दिवस मनाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले मूल समारोह समिति गठन गरेको छ । समितिमा मन्त्रीहरू, काठमाडौँ उपत्यकाका नगरपालिकाका मेयरहरू, मुख्यसचिव, प्रधानसेनापति, सुरक्षा निकायका प्रमुखहरू सदस्य छन् भने गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनुभएको छ ।
निर्णयअनुसार देशभर तथा विदेशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगमा कार्यक्रम आयोजना गरिनेछ । मूल समारोह सैनिक मञ्च टुँडिखेलमा हुनेछ ।








Discussion about this post