• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Saturday, April 18, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

शहिद दिवसमा बालेन शाहको सन्देशः व्यवस्था फेरियो, शहीदका सपना अझै अधुरा

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ माघ १६ गते शुक्रबार
A A
शहिद दिवसमा बालेन शाहको सन्देशः व्यवस्था फेरियो, शहीदका सपना अझै अधुरा
1
SHARES
9
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहले शहिद दिवसको अवसरमा शहीदहरूको बलिदान स्मरण गर्दै सुशासन र भ्रष्टाचारमुक्त राज्य निर्माणको जिम्मेवारी वर्तमान पुस्ताको काँधमा आएको बताएका छन्।

शाहले शहिद दिवसका अवसरमा सार्वजनिक गरेको सन्देशमा राणा शासनविरुद्ध संघर्ष गर्ने गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको ८५ वर्षअघि भएको हत्या स्मरण गर्दै त्यसपछि पनि राज्य जनताको बन्न नसकेको उल्लेख गरेका छन्। उनले दशकौँमा व्यवस्था पटक–पटक फेरिए पनि सत्ताको चरित्र नफेरिएको टिप्पणी गरेका छन्।

उनका अनुसार शहीदको बलिदानपछि पनि नेपाली जनताले निरन्तर संघर्ष गर्नुपरेको छ र धेरैले ज्यान गुमाए पनि शहीदका सपना पूरा हुन सकेका छैनन्। पछिल्लो समय भदौमा भएको ‘जेन्जी आन्दोलन’ का क्रममा सुशासन र भ्रष्टाचार अन्त्यको मागसहित शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवाहरूले समेत ज्यान गुमाउनुपरेको घटनालाई उनले दुःखद उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

शाहले लामो समयदेखि जरा गाडेर बसेको भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्नु, राज्यका निकायमा मौलाएको दलीयकरण हटाई राज्यलाई पारदर्शी र जवाफदेही बनाउनु अहिलेको प्रमुख दायित्व भएको बताएका छन्।

उनले अब शहीदका बलिदानलाई केवल स्मरणमा सीमित नराखी उनीहरूको सपना साकार पार्ने बाटोमा अघि बढ्नुपर्नेमा जोड दिएका छन्। “अब फेरि कसैले शहीद बन्न नपरोस्,” भन्दै उनले सुशासनयुक्त र भ्रष्टाचारमुक्त नेपाल निर्माणका लागि सामूहिक प्रतिबद्धताको आह्वान गरेका छन्।

सन्देशको अन्त्यमा शाहले सम्पूर्ण ज्ञात तथा अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

सम्बन्धित समाचार

आर्मीलाई प्रधानमन्त्री कप उपाधि, सुदूरपश्चिम ५ विकेटले पराजित
खेलकुद

आर्मीलाई प्रधानमन्त्री कप उपाधि, सुदूरपश्चिम ५ विकेटले पराजित

इजरायल–लेबनान युद्धविराम लागू, विस्थापितहरू घर फर्किन थाले
अन्तराष्ट्रिय

इजरायल–लेबनान युद्धविराम लागू, विस्थापितहरू घर फर्किन थाले

अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा
मुख्य समाचार

अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा

बलात्कारका आरोपी १७ दिनदेखी फरार : पीडितलाई न्याय पाउनेमा चिन्ता 
मुख्य समाचार

बलात्कारका आरोपी १७ दिनदेखी फरार : पीडितलाई न्याय पाउनेमा चिन्ता 

पर्सा प्रहरीको चैत विवरण सार्वजनिक: १५२ मुद्दा दर्ता, करोडौँ राजस्व असुली
मुख्य समाचार

पर्सा प्रहरीको चैत विवरण सार्वजनिक: १५२ मुद्दा दर्ता, करोडौँ राजस्व असुली

पर्सामा नागरिकता–राष्ट्रिय परिचयपत्र एकैसाथ सेवा
मुख्य समाचार

पर्सामा नागरिकता–राष्ट्रिय परिचयपत्र एकैसाथ सेवा

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In