आसन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले मनोनयन दर्ता गराएका छन्।
उनले जिल्ला समन्वय समिति पर्साको कार्यलयमा सञ्चालनमा रहेको निर्वाचन आयोगको निर्वाचन कार्यलयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
मनोनयन दर्ताका क्रममा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा, वीरगञ्जका पूर्वमेयर तथा केन्द्रीय नेता विजय सरावगीसहित एमालेका विभिन्न तहका नेताहरू र कार्यकर्ताहरूको उपस्थिति थियो।
उम्मेदवारी दर्तापछि यादवले पर्सा–१ मा विकास, सुशासन र जनताको समस्याको समाधानलाई प्राथमिकतामा राखेर चुनावी अभियान अघि बढाउने बताए। उनले पार्टी र जनताको बलियो साथका आधारमा निर्वाचनमा सफल हुने विश्वास व्यक्त गरे।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज देशभर प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया भइरहेको छ। पर्सामा पनि विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले उत्साहपूर्वक मनोनयन दर्ता गराइरहेका छन्।








Discussion about this post