काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) पदबाट राजीनामा दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय बनस्थली पुगेका छन्। राजीनामा बुझाएर उनी सिधै पार्टी कार्यालय पुगेका हुन्।
बालेनसँगै जेन–जी अगुवा सुदन गुरुङ पनि बनस्थली पुगेका छन्। गुरुङ आजै रास्वपामा प्रवेश गर्ने बताएका छन्।
बालेनको आगमनसँगै रास्वपा केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताको बाक्लो भीड देखिएको छ। पार्टीका अनुसार बालेनले केन्द्रीय समिति बैठकमा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारबारे छलफल गर्नेछन्।
त्यसपछि बालेन पार्टी सभापति रवि लामिछानेसहित आजै जनकपुर जाने कार्यक्रम रहेको छ। जनकपुरमा आयोजना गरिएको सभालाई उनीहरूले सम्बोधन गर्ने तयारी छ।








Discussion about this post