नेपाली कांग्रेसको नेतृत्वसम्बन्धी लामो समयदेखि चल्दै आएको विवादमा निर्वाचन आयोगले गगन थापा नेतृत्वको पक्षलाई आधिकारिकता दिएको छ।
शुक्रबार बसेको आयोग बैठकले विशेष महाधिवेशनलाई वैधानिक ठहर गर्दै त्यसबाट बनेको नेतृत्वलाई पार्टीको आधिकारिक संरचनाका रूपमा अद्यावधिक गर्ने निर्णय गरेको हो।
भृकुटीमण्डपमा २७–३० पुससम्म सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चयन भएका थिए।
सोही आधारमा थापा पक्षले आयोगमा पार्टी विवरण अद्यावधिकका लागि निवेदन दिएको थियो भने शेरबहादुर देउवा पक्षले उक्त निवेदनको विरोधमा छुट्टै निवेदन दर्ता गराएको थियो।
आयोगले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू र सचिवालयबीच छलफलपछि विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई वैध मानेको हो।
आयोगको निर्णयसँगै कांग्रेसभित्रको आन्तरिक विवाद नयाँ मोडमा पुगेको छ। आधिकारिकता गगन थापा पक्षलाई दिएपछि देउवा समूहले असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन र नाराबाजी गरेको छ।








Discussion about this post