नेपाली कांग्रेसको संस्थापन पक्षले निर्वाचन आयोगले आफूहरूलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले काठमाडौँमा बिहीबार पत्रकार सम्मेलन गर्दै भने, “पार्टीको विधान, संविधान र सम्बन्धित ऐन विपरीत निर्णय भए हामीले वडा तहदेखि केन्द्रसम्म आन्दोलन चर्काउनेछौँ। प्रत्येक ठाउँमा चारतारे झण्डा र रुख लिएर अघि बढ्नेछौँ।”
उनले विशेष महाधिवेशन बाहेक कुनै पनि पदाधिकारीसँग पार्टी बोलाउने अधिकार नभएको र संस्थापन पक्षमात्र आधिकारिक भएको दाबी गरे।
पुस अन्तिममा सम्पन्न विशेष महाधिवेशनपछि कांग्रेस विभाजित भएको छ। संस्थापन पक्ष र विशेष पक्ष वैधानिकताको लडाइँमा रहेका छन्।








Discussion about this post