मधेस प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मन्त्रालयका कर्मचारीहरूलाई झारा टार्ने शैलीमा काम नगर्न निर्देशन दिएका छन्।
बुधबार शपथग्रहणपछि आयोजित परिचयात्मक कार्यक्रममा मन्त्री पटेलले मातहतका कर्मचारीलाई भाषणभन्दा काममा केन्द्रित हुन आग्रह गर्दै किसानका समस्याहरू समाधान गर्न दत्तचित्त भएर काम गर्न भने।
उनले स्पष्ट पारे, “किसानलाई मलखाद्य, सिँचाइ र अन्य समस्याहरू छन्। म भाषण होइन, काम मन पराउँछु। मधेसलाई कृषिमा देशकै नमुना प्रदेश बनाउने लक्ष्य राखेर काम गर्नुहोस्।”
कार्यक्रममा मन्त्रालयका कर्मचारीहरूले प्रदेशको कृषिसम्बन्धी अवस्था र किसानका चुनौतीहरूबारे मन्त्रीलाई विस्तृत ब्रिफिङ दिएका थिए।








Discussion about this post