राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक गरेको समानुपातिक उम्मेदवार सूचीप्रति समाजिक अभियन्ता आशिका तामाङले आपत्ति व्यक्त गरेकी छिन्। उनले पार्टीले ठेकेदार र बिचौलियाका छोराछोरीलाई मन्त्री र सांसद बनाउने प्रयास गरेको आरोप लगाइन्।
तामाङले सामाजिक न्याय र समान प्रतिनिधित्वको पक्षमा रहँदै पार्टीको सूचीले मूल उद्देश्य विपरीत रहेको बताउँदै उचित राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्न सचेत रहनुपर्नेमा जोड दिइन्। उनले आगामी निर्वाचनमा दलहरूले पारदर्शिता अपनाउनुपर्ने पनि सुझाएकी छन्।








Discussion about this post