वीरगंज , पूस- १५
प्रधानमन्त्री सुशीला कार्की र “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान”का अगुवा दुर्गा प्रसाईंबीच मंगलबार बिहान बालुवाटारमा भेटवार्ता भएको छ ।
भेटमा प्रधानमन्त्री कार्कीले मुलुकमा शान्ति र अमनचैन कायम राख्दै दिगो लोकतन्त्र स्थापना गर्ने एकमात्र माध्यम निर्वाचन भएकाले यसमा सहयोग गर्न प्रसाईंलाई आग्रह गरेकी छन्। उनले आफ्नो माग र असन्तुष्टिहरू शान्तिपूर्ण माध्यमबाट राख्न र जनतामा गएर आफ्नो मुद्दा अनुमोदन गराउन पनि सुझाव दिइन् ।
दुर्गा प्रसाईं हाल मुलुकलाई हिन्दुराष्ट्र बनाउनुपर्ने माघ अघि सार्ने प्रस्ताव अघि सारेका छन् । प्रधानमन्त्री कार्कीले यसै सन्दर्भमा जनताको अनुमोदन लिनु लोकतान्त्रिक निकासको मार्ग भएको बताइन् ।
भेटको क्रममा उनले प्रसाईंलाई शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार दिएकी छन् । बैठकमा दुई पक्षले मुलुकमा शान्ति कायम राख्ने र निर्वाचनलाई सहज बनाउने विषयमा पनि विचार-विमर्श गरेका थिए ।








Discussion about this post