राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच सहमति भएको छ। सहमतिअनुसार घिसिङलाई पार्टीको उपसभापति बनाउने तय भएको स्रोतले जनाएको छ। दुवै पक्षबीच सहमतिको ड्राफ्टमा हस्ताक्षरको प्रक्रिया अघि बढिरहेको बताइएको छ।
स्रोतका अनुसार समानुपातिकतर्फ घिसिङको समूहबाट १८ जना समावेश गर्ने विषयमा पनि समझदारी बनेको छ। यसअघि पार्टी सभापति रवि लामिछाने रहने र आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुने सहमति भइसकेको थियो।
उक्त सहमतिप्रति असन्तुष्ट देखिएका कुलमान घिसिङसँग पटक–पटक छलफल हुँदै आएको थियो। सोमबार काठमाडौंमा भएको पछिल्लो छलफलपछि अन्ततः दुवै पक्षबीच सहमति जुटेको बताइएको छ।








Discussion about this post