राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्न सहमति नजिक पुगेका छन्।
रास्वपाका शिशिर खनाल, असिम शाह र बालेनका तर्फबाट कुमार बेन तथा भुपदेव शाहले तयार पारेको सहमतिपत्रको पहिलो मस्यौदा रास्वपा सभापति रवि लामिछाने र मेयर बालेनले स्वीकृत गरिसकेका छन्। सहमतिपत्रअनुसार, चुनावपछि संसद्मा बहुमत आए रास्वपाका सभापति लामिछाने नै रहने र बालेन शाह प्रधानमन्त्री बन्ने प्रावधान राखिएको छ ।
सहमति पत्रलाई उपसभापति स्वर्णिम वाग्लेलाई पनि देखाइएको थियो। सहभागी नेताका अनुसार आजै थप छलफल गरी टुंगो लगाउने प्रयास जारी रहेको छ।








Discussion about this post