सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन । भक्तपुरको गुण्डुस्थित ओली निवासमा भएको भेटमा आगामी निर्वाचन र त्यसका लागि आवश्यक राजनीतिक वातावरणबारे छलफल भएको छ।
भेटका क्रममा एमालेले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बने चुनावमा सहभागी हुने धारणा राखेको जनाइएको छ।
सरकारले निर्वाचन सुनिश्चित गर्न प्रमुख दलका शीर्ष नेताहरूसँग संवाद तीव्र पारेको जनाएको छ। यसै क्रममा मन्त्री खरेलले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरिसक्नुभएको छ भने आजै नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।








Discussion about this post