मधेश प्रदेश सरकारका अधिकांश मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश प्रमुखको कार्यालय लामो समयदेखि निमित्त सचिवकै भरमा चलिरहेको छ।
सह–सचिव रामकुमार महतो हाल न केवल अर्थ मन्त्रालयका सचिव, तर निमित्त प्रमुख सचिवको जिम्मेवारी पनि सम्हालिरहेका छन्। भौतिक पूर्वाधार तथा विकास, ऊर्जा, सिँचाइ, शिक्षा, संस्कृति, खेलकुद र समाजकल्याण मन्त्रालय पनि लामो समयदेखि निमित्त सचिवकै नेतृत्वमा सञ्चालन भइरहेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रवक्ता यमेन्द्र उपाध्यायका अनुसार माथिल्लो तहका सचिवहरू नभएकाले धेरैजसो मन्त्रालयमा निमित्त सचिव तोकिएको हो। सचिवहरूको नियमित सरुवा भएपछि निमित्त स्थिति स्वतः हट्नेछ ।
यसबीच श्रम, यातायात, वन, वातावरण, भूमि व्यवस्था, कृषि, सहकारी, स्वास्थ्य र जनसंख्या मन्त्रालयमा स्थायी सचिव नियुक्त भएका छन्।








Discussion about this post