• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Saturday, June 6, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

राज्यको मधेशप्रतिको दृष्टिकोण

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ पुष ८ गते मंगलवार
A A
राज्यको मधेशप्रतिको दृष्टिकोण
32
SHARES
230
VIEWS

लेखक: उज्ज्वल शम्शेर

देशको प्रमुख नाका वीरगञ्जबाट दैनिक हजारौँ सवारीसाधन विभिन्न सहरतर्फ मालसामान बोकेर बाहिरिन्छन्। राज्यलाई करोडौँ रुपैयाँ राजस्व भित्र्याउन वीरगञ्ज भन्सारले निर्णायक भूमिका खेलेको छ। तर यथार्थ के छ भने यही भन्सारमा साना–साना प्राविधिक त्रुटिका नाममा सवारीसाधनहरू घण्टौँ रोकिन्छन् र राजस्व अनुसन्धानको बहानामा १० ग्राम बराबरको मूल्य कम देखिएको आधारमा समेत २०० प्रतिशतसम्म जरिवाना असुल गरिन्छ।

यसको ठीक विपरीत, देशको उत्तरी सीमाका नाकाबाट काठमाडौं प्रवेश गर्ने मालसामान भने काठमाडौंमै अनलोड गरी त्यहीँबाट बिल काटिएको देखाएर सहजै बजारमा छिर्छ। २०० रुपैयाँको जिन्स प्यान्ट, १०० रुपैयाँको टिसर्ट, ट्र्याकसुट, खेलौना तथा विभिन्न कस्मेटिक सामग्रीहरू वास्तविक मूल्यको १० प्रतिशत पनि राजस्व नतिरी खुलेआम बिक्री भइरहेका छन्। यसले राज्यको नियमन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।

अझ अचम्म लाग्दो कुरा के छ भने काठमाडौंबाट वीरगञ्ज वा अन्य सहरतर्फ जाने सवारीसाधनहरू राजस्व अनुसन्धान विभागको कडाइमा परेको समाचार कहिल्यै सुनिँदैन। कानुन सबैका लागि समान हो भन्ने संवैधानिक सिद्धान्त व्यवहारमा किन लागू हुँदैन?

तराई–मधेशका बासिन्दा, जसले करोडौँ रुपैयाँ लगानी गरेर देशको अर्थतन्त्र धानेका छन्, उनीहरूलाई चोर–तस्करका रूपमा हेर्ने प्रवृत्ति बढ्दो छ। अर्कोतर्फ, वास्तविक मूल्यको १० प्रतिशत पनि राजस्व नतिर्नेहरूलाई ‘वरिष्ठ व्यवसायी’को संज्ञा दिनु कत्तिको न्यायोचित हो?

राज्यको यस्तो विभेदपूर्ण दृष्टिकोणले केवल आर्थिक अन्याय मात्र होइन, सामाजिक र राजनीतिक असन्तोष पनि जन्माइरहेको छ। ‘जेनजी’ को चेतनशील युगमा बनेको सरकारले अब यस्ता संरचनागत समस्यामाथि गम्भीर समीक्षा गर्नैपर्छ। नत्र आजको मौन असन्तोष भोलि ठूलो प्रतिरोध र विद्रोहका रूपमा प्रकट हुने खतरा टार्न सकिँदैन।

राज्यले मधेशलाई केवल राजस्व उठाउने क्षेत्रका रूपमा होइन, समान अधिकार र सम्मान पाउने नागरिकहरूको भूमिका रूपमा हेर्ने दिन कहिले आउँछ? यही प्रश्न आजको सबैभन्दा ठूलो चुनौती बनेको छ।

सम्बन्धित समाचार

तस्करी नियन्त्रण र भन्सार सुधारबारे गृहमन्त्री गुरुङ र सांसदहरुबिच छलफल
मुख्य समाचार

तस्करी नियन्त्रण र भन्सार सुधारबारे गृहमन्त्री गुरुङ र सांसदहरुबिच छलफल

दीपक खड्का थुनामै रहने सर्वोच्चको निर्णय
मुख्य समाचार

दीपक खड्का थुनामै रहने सर्वोच्चको निर्णय

मन्त्रिपरिषद् बैठक आज अपरान्ह बस्दै
मुख्य समाचार

मन्त्रिपरिषद् बैठक आज अपरान्ह बस्दै

मधेशका दुई सांसद मन्त्रीको लागी सिफारिस
मुख्य समाचार

मधेशका दुई सांसद मन्त्रीको लागी सिफारिस

ठोरीमा ५५ केजी गाँजा सहित एक जना पक्राउ
मुख्य समाचार

नक्कली चाँदी बिक्री आरोपमा वीरगञ्जका दुई युवक पक्राउ

१४ दिनमै श्रममन्त्री दीपककुमार साहलाई पदमुक्त
मुख्य समाचार

१४ दिनमै श्रममन्त्री दीपककुमार साहलाई पदमुक्त

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In