मधेश प्रदेशसभाका नवनियुक्त सभामुख रामअशिष यादवले आज औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले आफू कुनै विशेष दलको प्रतिनिधि नभई सम्पूर्ण प्रदेशसभाको साझा नेतृत्व गर्ने प्रतिवद्धता व्यक्त गरे।
सभामुख यादवले राजनीतिक दलहरूबीच संवाद र सहकार्य बढाउनेतर्फ ध्यान केन्द्रित गर्ने बताए। उनले समावेशिता, सुशासन, शिक्षा र स्वास्थ्य सेवा पहुँच, रोजगारी सिर्जना र सीमावर्ती क्षेत्रका चुनौतीलाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता पनि व्यक्त गरे।
अर्कोतर्फ, उनले कार्यपालिकामाथि प्रभावकारी निगरानी, बजेट कार्यान्वयन र सार्वजनिक खर्चको पारदर्शिता सुनिश्चित गर्न संसद्मा सशक्त भूमिका आवश्यक भएको उल्लेख गरे। संविधान, कानुन र संसदीय नियमावलीको पूर्ण पालना गर्दै प्रदेशसभालाई लोकतान्त्रिक, उत्तरदायी र मर्यादित रूपमा सञ्चालन गर्ने उनले दोहोर्याए।








Discussion about this post