मधेश प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव आज सभामुख निर्वाचित भएका छन्। सातदलीय गठबन्धनबाट उम्मेदवार बनेका यादवले ९६ सांसदमध्ये ७२ मत पाएका हुन्, विपक्षीले २४ मत प्राप्त गरे।
उपसभामुख बबिता राउत इशरले यादवको निर्वाचित घोषणा गरिन्। नेपाली कांग्रेसका सांसद विरेन्द्र प्रसाद सिंहले यादवलाई प्रस्ताव गरेका थिए।
यादव धनुषा निर्वाचन क्षेत्र–२ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् र जसपा नेपालका प्रमुख सचेतकको जिम्मेवारी पनि सम्हाल्दै आएका छन्। यसअघि नेकपा एमालेका रामचन्द्र मण्डल पदअनुकूल नचलेको भन्दै गत मंसिर ३ गते दुई तिहाई बहुमतले पदमुक्त भएका थिए।








Discussion about this post