


२५ कार्तिक जनकपुर — मधेश प्रदेश सरकारविरुद्धको आन्दोलनका क्रममा आज मधेश भवन अगाडि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। झडपमा परि करिब आधा दर्जन प्रदर्शनकारी घाइते भएका छन्।

प्रदर्शनकारीले मुख्यमन्त्रीको राजीनामाको माग गर्दै नाराबाजी गरेका थिए भने प्रहरीले भीड नियन्त्रणका लागि लाठीचार्ज गरेको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीको ठूलो टोली खटाइएको छ।
घाइते प्रदर्शनकारीहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको जनाइएको छ। घटनापछि मधेश भवन वरिपरि थप सुरक्षा व्यवस्था कडा पारिएको छ।








Discussion about this post