

१४ वीरगंज, पर्सा । आज पर्साका युवाहरूले नेपालका युवा तथा खेलकुद मन्त्रीज्यूसँग भेटघाट गरी युवासम्बन्धी नीति, खेलकुद पूर्वाधार विकास तथा स्थानीय स्तरमा युवाको सहभागिता विस्तारका विषयमा विस्तृत छलफल गरेका छन्।
भेटका क्रममा युवाहरूले पर्सा र आसपासका क्षेत्रका खेलकुद संरचना सुदृढीकरण, युवा अवसर विस्तार, र कार्यक्रमहरूलाई राष्ट्रिय प्राथमिकतामा समावेश गर्न सुझाव र अनुरोध राखेका थिए।
मन्त्रीज्यूले युवाहरूका माग र सुझावहरूलाई ध्यानपूर्वक सुन्नुहुँदै आगामी दिनमा नारायणी रंगशाला सम्बन्धी सकारात्मक समाचार आउने संकेत दिनुभयो। साथै, अन्य विषयहरूमा पनि मन्त्रालयले आवश्यक पहल र सहकार्य गर्ने आश्वासन दिनुभयो।
भेटघाटमा उपस्थित युवाहरूले यस छलफलले पर्सा लगायत सम्पूर्ण देशका युवाहरूमा नयाँ उत्साह र आशाको सन्देश दिएको बताएका छन्।








Discussion about this post