
१२ कार्तिक काठमाडौं ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आगामी मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्।
बुधबार मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँग भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले सो आन्दोलनको जानकारी आयोगलाई समेत गराएको बताए।
उनका अनुसार आन्दोलनका क्रममा शान्तिपूर्ण विरोध प्रदर्शन गरिनेछ र यदि कसैले बन्द उल्लंघन, तोडफोड वा आगजनीजस्ता गतिविधि गरे भने त्यसको जिम्मेवारी अभियानले नलिने छन्।
प्रसाईंले देश र नागरिक हितका लागि आफ्नो आन्दोलन पूर्ण रूपमा अहिंसात्मक र शान्तिपूर्ण हुने दाबी पनि गरेका छन्।








Discussion about this post