
०९ कार्तिक काठमाडौं — नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आज मन्त्रालयमा औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। वीरगंजका सक्रिय युवा नेता एवं खेलकुदप्रेमी गुप्ता मन्त्री बनेसँगै अब लामो समयदेखि रोकिएको नारायणी रंगशाला निर्माणको आशा पुनः जागेको छ।
मन्त्री गुप्ताले पदभार ग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै भने, “देशभरका खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखिनेछ, विशेषगरी वीरगंजको नारायणी रंगशालालाई राष्ट्रिय स्तरको मापदण्डमा विकास गर्ने हाम्रो लक्ष्य हुनेछ।”
वीरगंज र मधेस प्रदेशका खेलकर्मीहरूले उनको नियुक्तिलाई स्वागत गर्दै स्थानीय स्तरमा खेलकुद विकासमा नयाँ युग सुरु हुने अपेक्षा व्यक्त गरेका छन्।
गुप्ताको नेतृत्वमा मन्त्रालयले अब राष्ट्रिय खेल नीति कार्यान्वयन, युवा स्वरोजगार कार्यक्रम र स्थानीय खेलमैदानहरूको मर्मत–सम्भारमा जोड दिने तयारी गरेको छ।







Discussion about this post