
०९ कार्तिक काठमाडौं । दलित समुदायको हकहितका लागि निरन्तर आवाज उठाउँदै आएका खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन्। स्रोतका अनुसार प्रधानमन्त्रीको सिफारिसमा उनी नयाँ मन्त्रिपरिषदमा श्रममन्त्रीको जिम्मेवारी पाउन लागेका हुन्।
सुनार लामो समयदेखि दलित अधिकार, समान अवसर र सामाजिक न्यायका मुद्दामा सक्रिय रहेका छन्। उनी समाजिक समानताको पक्षमा खुलेर बोल्ने अभियन्ता समेत हुन्।
उनको मन्त्री बन्ने तयारीसँगै दलित समुदायमा उत्साह छाएको छ भने सामाजिक सञ्जालमा पनि यसलाई स्वागत गरिएको छ।
यद्यपि, मन्त्रिपरिषद् विस्तारको औपचारिक घोषणा भने हुन बाँकी छ।








Discussion about this post