
२७ असोज । मधेश प्रदेशमा पाँचदलीय सहमतिअनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नेतृत्वमा नयाँ सरकार बन्ने भएको छ। लोसपाका नेता जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने पक्का भएको छ।
लोसपा, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, र एकीकृत समाजवादीबीच गठबन्धन गरी सरकार बनाउने सहमति जुटेको हो।
यस सहमतिपछि मधेशमा लामो समयदेखि जारी राजनीतिक अन्योल अन्त्य हुने अपेक्षा गरिएको छ। नयाँ गठबन्धनले प्रदेशको विकास र स्थायित्वमा ध्यान केन्द्रित गर्ने बताइएको छ।







Discussion about this post