


विराटनगर, असोज २७ — जलजला चौकमा कारले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना व्यक्ति गम्भीर घाइते भएका छन्।
घाइते मोजिम अन्सारी (५२) र सिन्धु शाह (२८) लाई स्थानीयको सहयोगमा तत्काल उद्धार गरी कोशी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको CCTV फुटेज सार्वजनिक भएको छ, जसमा मोटरसाइकललाई एक कारले ठक्कर दिएर चालक फरार भएको देखिन्छ।
हाल दुबैको अवस्था गम्भीर तर स्थिर रहेको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ।








Discussion about this post