


२२ असोज बारा फेटा । केही समय रोकिएको तस्करी पुनः सुरु भएको छ। बारा जिल्लाको मर्टिअर्वा नाकामा सुरक्षाकर्मीको ‘ग्रीन सिग्नल’ बीच खुलमखुला तस्करी भइरहेको स्थानीयवासीहरूले बताएका छन्।
स्थानीय स्रोतका अनुसार सुरक्षाकर्मीहरूको सहयोग र संरक्षणमा विभिन्न नाकाबाट तस्करी निर्बाध रूपमा भइरहेका छन्। हाल मर्टिअर्वा लगायतका सीमाक्षेत्रबाट पटका, चिनी, तेल, र सुर्तीजन्य सामानहरूको तस्करी तीव्र बनेको जनाइएको छ।
यसअघि केही दिन रोकिएको तस्करी पुनः तीव्र बनेको भन्दै स्थानीयवासीहरूले चासो व्यक्त गरेका छन्।








Discussion about this post