
१५ असोज बिरगंज । सत्यमलाई विषमिश्रित दूध, शिवमलाई धारिलो हतियार : साह परिवारमाथि दोहोरो प्रहार
वीरगन्जमा दशैंको माहोलमा लगातार दुःखद घटनाहरू घटेका छन्। भारत मुम्बईमा रोजगारी गर्ने वीरगन्ज–११ रानीघाट निवासी शिवम साह कानुनको मंगलबार राति गीता मन्दिर नजिक धारिलो हतियार प्रहारबाट हत्या गरिएको हो।
प्रहरीका अनुसार गीता मन्दिर नजिक दुई समूहबीच भएको झडपका क्रममा शिवम गम्भीर घाइते भएका थिए। उनलाई नारायणी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो। नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार शिवमको घाटी, छाती र पिठ्युँमा गहिरो चोट लागेका कारण अत्यधिक रक्तस्राव भई मृत्यु भएको हो।
शिवम करिब चार महिना अगाडि मात्र मुम्बईबाट घर फर्किएका थिए। तर दशैं मनाउन घर फर्किएका बेला उनी यस्तो दु:खद घटनाको शिकार बने।
यसअघि करिब एक हप्ता अगाडि नै शिवमका दाइ सत्यम साहको पनि रहस्यमय ढंगले हत्या भएको थियो। परिवारका अनुसार सत्यमलाई वीरगन्ज–२४ रामगढवा निवासी साथीहरूले योजनाबद्ध रूपमा दूधमा विष हालेर हत्या गरेका थिए। उक्त घटनामा किटानी जाहेरी दिए पनि हालसम्म प्रहरीले कुनै कारबाही नगरेको परिवारको गुनासो छ।
स्थानीयले दशैं मेलासँगै गीता मन्दिर नजिकै लामो समयदेखि प्रहरीको मिलेमतोमा नम्बर बोर्डको जुवा सञ्चालन हुँदै आएको र सोही विवादकै कारण दुई समूहबीच झडप भई शिवमको ज्यान गएको आशंका व्यक्त गरेका छन्।








Discussion about this post