
०४ असोज काठमाडौं । जेनजीले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक, र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई तत्काल पक्राउ गर्नुपर्ने माग गरेका छन्।
🗣️ स्रोत: शुक्रबार काठमाडौँको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा जेनजीले आन्दोलन दबाउन राज्यसत्ता र संरचना दुरुपयोग भएको आरोप लगाउँदै उनीहरूको कारबाहीको माग राखेका हुन्।
💡 थप माग:
जेनजीका सल्लाहकार डा. निकोलश भुसालले संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन प्रणाली लागू गर्नुपर्ने धारणा राखेका छन्।
२०४६ सालपछि सत्तामा आएका सबै उच्चपदस्थ नेताहरू र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग पनि गरेका छन्।







Discussion about this post