३ असोज, बारा । पटक–पटक मान्छे आक्रमण गर्ने बाघलाई अन्ततः नियन्त्रणमा लिन सकिएको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय बारा, नेपाल आर्मी, नेपाल प्रहरी, तथा जीतपुरसिमरा उपमहानगरपालिका–२१ का वडाअध्यक्ष सुभाष श्रेष्ठ र वडा–२२ का वडाअध्यक्ष शेखर काजी रुम्बा सहितको संयुक्त टोलीले लामो समयदेखि निरन्तर प्रयास गर्दै आएको थियो ।
बाघ नियन्त्रणका लागि पटक–पटक प्रयास भए पनि सफल हुन नसकेको अवस्थामा शुक्रबार बिहान मात्र टोलीले हात्ती प्रयोग गरी बाघलाई समात्न सफल भएको हो ।
निकुञ्ज प्रशासनका अनुसार समातिएको बाघलाई सुरक्षित स्थानमा राखी आवश्यक कारबाही अगाडि बढाइनेछ ।








Discussion about this post