
बहुदरमाई (पर्सा): बहुदरमाई नगरपालिका–८, रामनगरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा समितिका सभापति ओमप्रकाश पाण्डेको आयोजनामा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्वास्थ्य चौकी नजिक रहेको बर्थिङ सेन्टर भवनमा आयोजित शिविरको उद्घाटन र विशेष सहयोग क्षेत्रीय सभापति प्रदीप जयसवालले गरेका थिए।

शिविरमा कुल २९६ जना बिरामीले आँखा परीक्षण गराएका थिए, जसमध्ये ९७ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको आयोजकले जनाएको छ।
यसै अवसरमा गाउँका खेलाडीहरूलाई करिब १३ हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री पनि वितरण गरिएको थियो। उक्त सामग्री वितरण ओमप्रकाश पाण्डे र प्रदीप जयसवालको व्यक्तिगत लगानीमा गरिएको जानकारी दिइएको छ।








Discussion about this post