बाराको कोल्हवी नगरपालिका वडा नं. १० आमवास्थित गहुँबालीमा आगलागी हुँदा करिब १८ कठ्ठा क्षेत्रफलको बाली पूर्ण रूपमा नष्ट भएको छ।
स्थानीयका अनुसार अचानक लागेको आगोले हेर्दाहेर्दै फैलिँदै ठूलो क्षति पुर्याएको हो। आगलागीका कारण किसानलाई उल्लेख्य आर्थिक नोक्सानी पुगेको बताइएको छ।
घटनास्थलमा स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको जनाइएको छ।
आगलागीको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








Discussion about this post