स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिन पनि ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ।
मन्त्रालयले आवश्यक जनशक्ति र व्यवस्थापन मिलाएर आइतबार पनि सेवा सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो। दुई दिने सार्वजनिक बिदाका कारण स्वास्थ्य सेवा प्रभावित हुने अवस्था देखिएकाले विशेष व्यवस्था गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार कामको भार र जनशक्तिको अवस्थाअनुसार ओपीडी सेवा निरन्तर सञ्चालन गर्नुपर्नेछ।
साथै, कार्यरत कर्मचारीलाई अन्य दिन बिदा मिलाउने वा सट्टा बिदा दिने व्यवस्था गर्न पनि भनिएको छ।
प्रादेशिक अस्पतालहरूमा समेत सोही अनुसार जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित प्रदेशका स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको छ।
मन्त्रालयले बिदाका दिनमा समेत स्वास्थ्य सेवा प्रभावकारी रूपमा निरन्तर सञ्चालन हुने अपेक्षा गरेको छ।








Discussion about this post