झापाको दमकमा नक्कली चाँदीलाई सक्कली भन्दै बिक्री गरिरहेको आरोपमा वीरगञ्जका दुई युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–६ स्थायी घर भई हाल वीरगञ्ज–१५ बस्दै आएका विशाल साह तेली र वीरगञ्ज–१ छपकैयाका राजु साह सोनार रहेका छन्। स्थानीयका अनुसार उनीहरूले दमक क्षेत्रमा नक्कली चाँदी बिक्री गरिरहेका बेला ठगीको आशंका भएपछि केही व्यक्तिले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।
घटनासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा फैलिएको छ। यद्यपि पक्राउ परेकालाई छुटाउने प्रयास भइरहेको भन्ने चर्चा चले पनि त्यसको आधिकारिक पुष्टि भएको छैन।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। साथै यस प्रकरणमा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा पनि अनुसन्धान जारी रहेको छ।








Discussion about this post