पर्साको कालिकामाई गाउँपालिकामा कार्यरत केही जिम्मेवार पदाधिकारीमाथि सरकारी साधनको दुरुपयोग गरिएको आरोप सार्वजनिक भएको छ।
आरोपअनुसार कृषि अधिकृत रणधीर चौरसिया, सूचना अधिकृत अमित चौरसिया, वडा नं. ३ का अध्यक्ष संजय पटेल तथा वडा सचिव सुजीत पटेलले सरकारी सवारी साधन गैर-जिम्मेवार रूपमा प्रयोग गरेको भनिएको छ।
स्थानीय स्रोतका अनुसार कार्यालय समय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म भए पनि सम्बन्धित पदाधिकारीहरूले राति करिब ८ बजेसम्म सरकारी गाडी प्रयोग गर्ने, निजी बसाइँमा बस्ने तथा मदिरा सेवन गर्ने गरेको आरोप लगाइएको छ। यससँगै सरकारी कामकाजमा लापरवाही भएको गुनासो समेत उठेको छ।
यसबारे सम्बन्धित निकायबाट औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।








Discussion about this post