परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरूलाई ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ सम्बन्धी प्रस्तुति दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले मन्त्रीहरूलाई अन्तर्राष्ट्रिय परिवेश, नेपालको कूटनीतिक सम्बन्ध र परराष्ट्र नीतिका विषयमा जानकारी गराएका हुन्।
प्रस्तुतिमा राष्ट्रिय हितको प्रवर्द्धन, कूटनीतिक मर्यादा, नीति सञ्चालनका विधि तथा सीमाका साथै विदेशीसँग हुने भेटघाटमा अपनाउनुपर्ने शिष्टाचारबारे समेत विस्तृत रूपमा चर्चा गरिएको थियो।
मन्त्रीहरूलाई नेपालको परराष्ट्र नीतिका प्राथमिकता र सम्बन्ध सन्तुलनका विषयमा विशेष जानकारी गराइएको जनाइएको छ।








Discussion about this post