प्रतिनिधिसभा नेपाल को सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध चयन भएका छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले अर्याल सभामुख पदमा निर्विरोध चयन भएको औपचारिक घोषणा गरेका हुन्।
सभामुख पदका लागि गत शुक्रबार मनोनयन दर्ता हुँदा अर्यालको मात्रै उम्मेदवारी परेको थियो। अन्य कुनै उम्मेदवारी नपरेपछि प्रतिनिधिसभाबाट उनलाई निर्विरोध सभामुख चयन गरिएको हो।
यससँगै प्रतिनिधिसभाले नयाँ सभामुख पाएको छ भने अब सभामुख अर्यालले प्रतिनिधिसभा बैठक सञ्चालन तथा संसदीय गतिविधि अगाडि बढाउनेछन्।








Discussion about this post