• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Friday, April 17, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

डीपी अर्याल निर्विरोध सभामुखमा निर्वाचित: औपचारिक घोषणा आइतबार हुने

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ चैत्र २० गते शुक्रबार
A A
डीपी अर्याल निर्विरोध सभामुखमा निर्वाचित: औपचारिक घोषणा आइतबार हुने
1
SHARES
10
VIEWS

प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित भएका छन्। उनकाे औपचारिक घोषणा आगामी आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा गरिनेछ।

सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता खुला राखिएको थियो। तोकिएको समयमा अर्यालको एकल उम्मेदवारी दर्ता भएपछि नियमावली अनुसार उनलाई निर्विरोध सभामुख घोषणा गरिने व्यवस्था छ।

प्रतिनिधिसभामा रास्वपा दुई तिहाइ बहुमतमा रहेको हुँदा प्रतिपक्षी दलहरूले उम्मेदवारी दर्ता गरेका छैनन्। २७५ सदस्यीय संसद्‍मा रास्वपाका १८२ सांसद छन् भने अन्य दलहरूमा नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७ र राप्रपा ५ सांसद रहेका छन्।

सभामुख चयनसँगै उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ। संविधानअनुसार उपसभामुख फरक दल र फरक लिंगको व्यक्ति हुनुपर्छ। निर्वाचित सभामुख राष्ट्रपति समक्ष शपथ लिनेछन् भने उपसभामुख सभामुखको उपस्थितिमा शपथ लिने व्यवस्था छ।

हाल उपसभामुख पदमा कुन दलको प्रतिनिधि हुने भन्ने विषयमा छलफल जारी छ। संवैधानिक परिषद्का सदस्यको रूपमा उपसभामुखको भूमिका अन्य संवैधानिक निकायहरूको सिफारिस प्रक्रियामा पनि असर गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

आर्मीलाई प्रधानमन्त्री कप उपाधि, सुदूरपश्चिम ५ विकेटले पराजित
खेलकुद

आर्मीलाई प्रधानमन्त्री कप उपाधि, सुदूरपश्चिम ५ विकेटले पराजित

इजरायल–लेबनान युद्धविराम लागू, विस्थापितहरू घर फर्किन थाले
अन्तराष्ट्रिय

इजरायल–लेबनान युद्धविराम लागू, विस्थापितहरू घर फर्किन थाले

अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा
मुख्य समाचार

अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा

बलात्कारका आरोपी १७ दिनदेखी फरार : पीडितलाई न्याय पाउनेमा चिन्ता 
मुख्य समाचार

बलात्कारका आरोपी १७ दिनदेखी फरार : पीडितलाई न्याय पाउनेमा चिन्ता 

पर्सा प्रहरीको चैत विवरण सार्वजनिक: १५२ मुद्दा दर्ता, करोडौँ राजस्व असुली
मुख्य समाचार

पर्सा प्रहरीको चैत विवरण सार्वजनिक: १५२ मुद्दा दर्ता, करोडौँ राजस्व असुली

पर्सामा नागरिकता–राष्ट्रिय परिचयपत्र एकैसाथ सेवा
मुख्य समाचार

पर्सामा नागरिकता–राष्ट्रिय परिचयपत्र एकैसाथ सेवा

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In