प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराउनुभएको हो। शपथ कार्यक्रममा सहभागी सांसदहरू आ–आफ्नो सांस्कृतिक तथा परम्परागत भेषभूषामा उपस्थित भएका थिए।
संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिएका छन्। कार्यक्रममा विभिन्न भाषामा शपथ लिने व्यवस्था गरिएको थियो।








Discussion about this post