• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Saturday, June 6, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

चितवन–पर्सा निकुञ्जमा बाघ गणनाको दोस्रो चरण टुंगियो, क्यामेरा संकलन सुरु

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ माघ १२ गते सोमबार
A A
चितवन–पर्सा निकुञ्जमा बाघ गणनाको दोस्रो चरण टुंगियो, क्यामेरा संकलन सुरु
1
SHARES
6
VIEWS

चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लकका रूपमा समेटेर सञ्चालन गरिएको बाघ गणनाको दोस्रो चरणको काम पूरा भएको छ।

पुस ३ गतेदेखि सुरु भएको गणनाअन्तर्गत दोस्रो चरण सम्पन्न भएसँगै निकुञ्ज क्षेत्रमा जडान गरिएका क्यामेरा ट्रयाप संकलन गर्ने कार्य सुरु गरिएको छ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दोस्रो चरणको गणनामा १३ वटा क्याम्प स्थापना गरी करिब १ सय ५० जना तालिमप्राप्त गणक परिचालन गरिएको थियो। सौराहा, खगेन्द्रमल्ली, लोथर–प्रतापपुर, बोटे सिमारा, स्वमेश्वर, बगई, अम्बुवा हुँदै सिकारी बाससम्मका क्षेत्रलाई समेटेर क्यामेरा जडान गरी बाघको उपस्थिति अभिलेख गरिएको हो।

चितवन–पर्सा ब्लकमा कुल ९ सय ५८ वटा ग्रिड बनाएर गणना भइरहेको छ। हाल ती क्षेत्रहरूमा जडान गरिएका क्यामेरा क्रमशः हटाइँदै तथ्याङ्क प्रशोधनको तयारी थालिएको निकुञ्ज प्रशासनले जनाएको छ।

यससँगै बाघको मुख्य बासस्थान मानिने बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि समानान्तर रूपमा बाघ गणना जारी छ। करिब तीन महिनाको अवधिमा देशव्यापी बाघ गणना सम्पन्न गर्ने लक्ष्य रहेको छ।

नेपालमा हरेक चार वर्षमा बाघ गणना गरिँदै आएको छ। सन् २०२२ मा गरिएको पछिल्लो गणनाअनुसार देशभर ३ सय ५५ वयस्क बाघ रहेका थिए।

उक्त गणनामा चितवनमा १ सय २८, बर्दियामा १ सय २५, बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ फेला परेका थिए।

सम्बन्धित समाचार

हरपतगंज सडक निर्माण ठप्प: भुक्तानी विवाद, अदालत र अवरोधले काम रोकियो
मुख्य समाचार

हरपतगंज सडक निर्माण ठप्प: भुक्तानी विवाद, अदालत र अवरोधले काम रोकियो

मधेस प्रहरीमा ‘घुमुवा डन’ प्रकरण: दुई सई तानिए, डिआइजीमाथि छानबिनको छाया
मुख्य समाचार

मधेस प्रहरीमा ‘घुमुवा डन’ प्रकरण: दुई सई तानिए, डिआइजीमाथि छानबिनको छाया

सशस्त्र प्रहरी १३ गणको स्थापना दिवस भव्य रूपमा सम्पन्न
मुख्य समाचार

सशस्त्र प्रहरी १३ गणको स्थापना दिवस भव्य रूपमा सम्पन्न

वीरगञ्जको मुख्य सडकमा डोजर अभियान सुरु हुदै
मुख्य समाचार

वीरगञ्जको मुख्य सडकमा डोजर अभियान सुरु हुदै

तस्करी नियन्त्रण र भन्सार सुधारबारे गृहमन्त्री गुरुङ र सांसदहरुबिच छलफल
मुख्य समाचार

तस्करी नियन्त्रण र भन्सार सुधारबारे गृहमन्त्री गुरुङ र सांसदहरुबिच छलफल

पर्सामा सवारी दुर्घटना हुदा श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते
मुख्य समाचार

पर्सामा सवारी दुर्घटना हुदा श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In