नेपाली कांग्रेसको संस्थापन समूहले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट पाँच वर्षका लागि निष्कासन गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई पनि कारबाही गर्ने निर्णय गरेको हो।
पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको आरोपमा उनीहरूमाथि कारबाही गरिएको जनाइएको छ। बैठकले विशेष महाधिवेशनको पक्षमा लागेकालाई आ–आफ्नो भूमिकामा फर्किन निर्देशन पनि दिएको छ।
यद्यपि थापा र शर्माले बन्दसत्रको निर्णय नै अन्तिम हुने भन्दै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाइसकेका छन्।








Discussion about this post