आईसीसी टी–२० विश्वकप २०२६ को ट्रफी यही पुस २१ गते नेपाल आइपुग्ने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार ‘ट्रफी टुर’ कार्यक्रम नेपालमा पुस २१ देखि २३ गतेसम्म आयोजना हुनेछ।
नेपालमा टी–२० विश्वकपको ट्रफी पहिलो पटक ल्याइएको हो भने यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल आएको थियो। क्यानले कार्यक्रमको सम्पूर्ण विवरण, तालिका र गतिविधिबारे छिट्टै जानकारी दिने जनाएको छ।
विश्वकप प्रतियोगिता फेब्रुअरी ७ देखि भारत र श्रीलङ्कामा हुँदैछ। नेपाल समूह ‘सी’ मा रहेको छ, जसमा इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेश छन्। फाइनल खेल मार्च ८ मा हुनेछ।








Discussion about this post