फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने आज अन्तिम दिन भएकाले निर्वाचन आयोगको केन्द्रीय कार्यालय परिसरमा राजनीतिक दलहरूको उपस्थिति बाक्लिएको छ। विभिन्न दलका प्रतिनिधि फाइल बोकेर आयोग पुगेका छन्।
निर्वाचन आयोगका अनुसार नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले बन्दसूची बुझाइसकेका छन्।
ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भने बन्दसूचीलाई अन्तिम रूप दिन व्यस्त छन्। कांग्रेसले समानुपातिकतर्फ सबै जिल्लाको प्रतिनिधित्व गराउने तयारी गरेको छ। साथै २०६४ सालदेखि समानुपातिकमार्फत अवसर पाएकालाई यसपटक नदोहोर्या उने मापदण्ड तय गर्दै संस्थापन र इतर पक्षबीच ६०–४० को भागबण्डामा सूची तयार गर्ने जनाएको छ।
एमालेले समानुपातिक सूची टुङ्ग्याउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। सचिवालय बैठकमा छलफल भए पनि अन्तिम निर्णय ओलीले गर्नेछन्। नेकपाले भने यसअघि सांसद वा मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने तयारी गरिरहेको जनाएको छ।








Discussion about this post