राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच सातबुँदे सहमति भएको छ। मध्यरातिसम्म चलेको छलफलपछि भएको सहमतिअनुसार पार्टीको नाम र चुनाव चिन्ह यथावत् रास्वपा र घण्टी नै रहनेछ। पार्टी सभापति रवि लामिछाने रहने र प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह बन्ने समझदारी भएको हो।
सहमतिमा भ्रष्टाचार र कुशासनविरुद्धको आन्दोलनको स्वामित्व लिने, घाइते तथा शहीद परिवारका माग सम्बोधन गर्ने, संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन गर्ने र आगामी एक दशकभित्र नेपाललाई मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्य तय गरिएको छ।
यस्तै, पार्टी संगठन विस्तार गर्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई प्राथमिकता दिने, निर्वाचनपछि पार्टीसम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने तथा सुशासन र सामाजिक न्यायका मुद्दामा अन्य परिवर्तनकामी शक्तिलाई समेत एकतामा आव्हान गर्ने उल्लेख छ।
उज्यालो नेपाल पार्टीलाई समेट्ने प्रयास असफल भएपछि तत्कालका लागि रास्वपा र बालेन शाहबीच मात्रै सहमति भएको जनाइएको छ।








Discussion about this post