• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Saturday, April 18, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

१४ वर्षपछि अन्तिम चरणमा कमला पुल, आउँदो चैतभित्र सम्पन्न गर्ने लक्ष्य

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ पुष १२ गते शनिबार
A A
१४ वर्षपछि अन्तिम चरणमा कमला पुल, आउँदो चैतभित्र सम्पन्न गर्ने लक्ष्य
1
SHARES
10
VIEWS

हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल निर्माण १४ वर्षपछि अन्तिम चरणमा पुगेको छ। लामो समयदेखि अलपत्र परेको पुलको बाँकी काम तीव्र रूपमा अघि बढाइएको छ र आउँदो चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पुलको लम्बाइ ४ सय ६९ मिटर रहेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले गएको मङ्सिर ५ गते पुलको स्थलगत अनुगमन गर्दै निर्माण कार्य तत्काल अघि बढाएर छिटो सम्पन्न गर्न निर्देशन दिएका थिए। त्यसपछि निर्माण कार्यले केही गति लिएको जनाइएको छ।

२०६८ साल जेठमा २४ करोड ९१ लाख रुपैयाँ (भ्याटसहित) मा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको यो पुल २०७१ साल मङ्सिरमै सम्पन्न हुनुपर्ने थियो। तर समयमै निर्माण नहुँदा ठेक्काको म्याद सात पटकसम्म थपिँदै आएको छ। पछिल्लो पटक थपिएको म्याद गएको असारमा सकिएपछि फेरि आउँदो असारसम्म म्याद थप प्रस्ताव गरिएको छ ।

पुल नबन्दा वर्षौँदेखि स्थानीय बासिन्दाले सास्ती खेप्दै आएका छन्। सवारीसाधनलाई लामो र वैकल्पिक रुट प्रयोग गर्नुपर्दा समय र खर्च दुवै बढेको छ। तराई–मधेशको लाइफ लाइन मानिने हुलाकी राजमार्गको महत्वपूर्ण खण्डमा पर्ने कमला पुल समयमै सम्पन्न नहुँदा यस क्षेत्रको आवागमन र विकासमा असर परेको स्थानीयको गुनासो छ।

निर्माण सम्पन्न भए हुलाकी राजमार्गको यो खण्ड सहज बन्दै सिरहा–धनुषा आवतजावत उल्लेख्य रूपमा सुधार हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

आर्मीलाई प्रधानमन्त्री कप उपाधि, सुदूरपश्चिम ५ विकेटले पराजित
खेलकुद

आर्मीलाई प्रधानमन्त्री कप उपाधि, सुदूरपश्चिम ५ विकेटले पराजित

इजरायल–लेबनान युद्धविराम लागू, विस्थापितहरू घर फर्किन थाले
अन्तराष्ट्रिय

इजरायल–लेबनान युद्धविराम लागू, विस्थापितहरू घर फर्किन थाले

अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा
मुख्य समाचार

अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा

बलात्कारका आरोपी १७ दिनदेखी फरार : पीडितलाई न्याय पाउनेमा चिन्ता 
मुख्य समाचार

बलात्कारका आरोपी १७ दिनदेखी फरार : पीडितलाई न्याय पाउनेमा चिन्ता 

पर्सा प्रहरीको चैत विवरण सार्वजनिक: १५२ मुद्दा दर्ता, करोडौँ राजस्व असुली
मुख्य समाचार

पर्सा प्रहरीको चैत विवरण सार्वजनिक: १५२ मुद्दा दर्ता, करोडौँ राजस्व असुली

पर्सामा नागरिकता–राष्ट्रिय परिचयपत्र एकैसाथ सेवा
मुख्य समाचार

पर्सामा नागरिकता–राष्ट्रिय परिचयपत्र एकैसाथ सेवा

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In