मधेस प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि आज निर्वाचन हुँदैछ। निर्वाचनअघि सत्तारुढ दलहरूले आफ्ना प्रदेशसभा सदस्यहरूलाई साझा उम्मेदवारको पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन्। सत्तारुढ गठबन्धनले आ–आफ्नो संसदीय दलमार्फत ह्विप जारी गर्दै अनुशासित मतदान गर्न निर्देशन दिएको हो।
गठबन्धनबाट सभामुखका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव रहेका छन्। सत्तारुढ दलहरूले यादवको पक्षमा अनिवार्य रूपमा मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन्।
यसैबीच, विपक्षी दल नेकपा एमालेबाट प्रदेशसभा सदस्य त्रिलोकी प्रसादले पनि सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
रामअशिष यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक रहेका छन् भने नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य फकिरा महतो समर्थक रहेका छन्।
आजको निर्वाचनपछि मधेस प्रदेश सभाले नयाँ सभामुख चयन गर्नेछ।








Discussion about this post