
०३ कार्तिक काठमाडौं — प्रधानमन्त्री सुशीला कार्की जेनजी आन्दोलनका क्रममा दुवै आँखा गुमाएका सुर्खेतका २२ वर्षीय युवक सन्तोष बोहराको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज त्रिवि शिक्षण अस्पताल पुगेकी छन्।
अस्पताल पुगेपछि उनले उपचारमा संलग्न चिकित्सक टोलीसँग विस्तृत जानकारी लिइन् र बोहरा परिवारसँग छुट्टै भेटेर समवेदना प्रकट गरिन्।
परिवारसँगको छलफलपछि प्रधानमन्त्री कार्कीले भावुक हुँदै भनिन्,
“यतिखेर बोल्नका लागि मसँग शब्द छैन। उहाँजस्ता नौजवानहरूको शौर्य र बलिदानीको सम्मान हाम्रो कामबाट मात्र हुन सक्छ। शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”
सरकारले बोहराको उपचार खर्च पूर्ण रूपमा व्यहोर्ने र दीर्घकालीन सहयोगका उपायहरूबारे छिट्टै निर्णय लिने प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ।
अस्पताल परिसरमा उपस्थित अन्य अभियन्ता र नागरिकले प्रधानमन्त्रीलाई तत्काल न्यायिक छानबिन र आन्दोलनका घाइतेहरूका लागि प्रभावकारी सहयोग गर्न आग्रह गरेका थिए।








Discussion about this post