


डोल्पा ।
डोल्पा — जिल्ला डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ मिजार गुम्बास्थित ई.प्र.का. नाम्दोमा कार्यरत प्रहरी कर्मचारीहरू मिति २०८२ कार्तिक २३ गते साँझ ४:०० बजे जिल्ला प्रहरी कार्यालय डोल्पातर्फ हिँडेको समयमा अत्याधिक हिमपातका कारण शारीरिक समस्या भएको छ। अत्यधिक चिसो र गहिरो हिउँका कारण उनीहरूका खुट्टा सुन्निएर हिँडडुल गर्न समेत कठिन हुने अवस्था जन्मिएपछि तत्काल उद्धार आवश्यक परेको हो।
सम्बन्धित निकायको समन्वयमा मिति २०८२ कार्तिक २८ गते नेपाली सेनाको हेलिकप्टरमार्फत डोल्पोबुद्ध गाउँपालिका–१ धोबाट प्रहरीले प्रभावित कर्मचारीहरूको सफलतापूर्वक उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
उद्धार पश्चात घाइते प्रहरीहरूलाई थप उपचारका लागि नेपाल प्रहरी अस्पताल, काठमाडौंमा लगिएको र हाल उपचार भइरहेको प्रहरीले जनाएको छ।








Discussion about this post