
चितवन । बढ्दो चिसोलाई बेवास्ता गर्दै पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले चितवनका स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट तथा छलफल गरेका छन्। सडकछेउमै आगो ताप्दै बसेका स्थानीयहरूसँग खनालले देशको वर्तमान अवस्था, सुशासन, सुरक्षा व्यवस्था र जनजीविकाका समस्याबारे गम्भीर संवाद गरेका हुन्।
छलफलका क्रममा स्थानीयहरूले बेरोजगारी, महँगी, कमजोर सेवा प्रवाह र राज्यप्रति बढ्दो अविश्वासबारे आफ्ना गुनासा राखेका थिए।
त्यसको जवाफमा खनालले अब देश पुरानै शैली, खोक्रा भाषण र असफल नेतृत्वबाट अघि बढ्न नसक्ने स्पष्ट पारे। उनले जनताको पीडा बुझ्ने र समाधान दिन सक्ने दृढ इच्छाशक्ति भएको नेतृत्व आवश्यक रहेको बताए।
पूर्व आइजिपी खनालको यो आत्मीय भेटघाटलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्। “नेता कुर्सीमा होइन, जनतामाझ आउनुपर्छ भन्ने सन्देश आजको भेटले दिएको छ,” एक स्थानीयले प्रतिक्रिया दिए।
चिसो मौसमका बीच साधारण ढंगले गरिएको यो छलफलले राजनीतिक संवादलाई औपचारिक मञ्चबाट बाहिर ल्याई जनताको दैनिकीसँग जोड्ने प्रयासका रूपमा हेरिएको छ।








Discussion about this post