
२५ असोज बिरगंज ।
हिजो-आज हामीले क्रान्तिको आगोले
भ्रष्टाचार जलिरहेको देख्यौँ,
तर तपाईं स्वयं सोच्नुहोस्
के साँच्चै भ्रष्टाचार पूरै मेटिएको छ?
यो कविता बाहिरी भ्रष्टाचारबारे होइन, यो त हामीभित्र,
हाम्रो मनभित्र लुकेको भ्रष्टाचारबारे हो।कविता को शीर्षक रहेको छ
भ्रष्टाचार : हामीभित्रको प्रतिबिम्ब ..
हिमालको काखमा, जहाँ बादल अड्किन्छ,
नदीहरू गुनगुनाउँछन्, पहाडहरू उभिन्छन्,
सौन्दर्यको देशमा सत्य अझै किन रुँदैछ?
भ्रष्टाचारलाई हामी सधैं आफू बाहिर खोज्छौँ,
तर राम्रोसँग हेर्दा यसको छायाँ त हामीभित्रै भेटिन्छ।
नेता देखि जनता,
कार्यालयदेखि विद्यालयसम्म
नियम तोड्छौँ, घुस दिन्छौँ,
अनि भन्छौँ “यस्तै हो, यस्तै चल्छ!”
देशको भ्रष्ट सत्ता बदल्न आन्दोलन उठाउँछौँ,
तर त्यसै आन्दोलनभित्र चोरी गर्न निस्कन्छौँ।
भोलिदेखि फेरि खल्तीमा घुसको पैसा राख्छौँ,
र चियाको पैसा दिएर काम अघि सार्न माग गर्छौँ।
यो देशलाई फेरि महान् बनाउन हिँडेकाहरू,
कहिलेकाहीँ बिर्सन्छौँ
यो देश त हाम्रैजस्ता नागरिकहरूले बनाउने हो।
त्यसैले, देशलाई सुनौलो बनाउनको लागि
पहिलो कदम हामीले आफैंभित्रको
भ्रष्टाचारलाई परिवर्तन गर्न उठाउनै पर्छ।
यो देश लाई बद्लिन
हामीले पहिला आफूलाई बद्लिन पर्छ!!!








Discussion about this post