
सहजकर्ता : उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य
ई. अरविन्द साह
सहयोगी भूमिका : Gen Z Parsa – विशेष साह
📅 मंसिर २५ गते
माननीय मन्त्रीज्यू सिमरा हुँदै साँझ वीरगंज आगमन गर्नुहुनेछ ।
वीरगंज आगमनपछि उहाँले यहाँका विभिन्न पूर्वाधार निर्माणको अवस्था बारे प्रत्यक्ष जानकारी लिनेछन् ।
त्यससँगै स्थानीय राजनीतिक नेतृत्व, सामाजिक अभियन्ता तथा Gen Z युवाहरूसँग भेटघाट गरी शान्ति–सुरक्षा, विकास र आगामी चुनावी वातावरण को बारेमा विस्तृत रूपमा बुझ्नु हुनेछ।
यस क्रममा मन्त्रीज्यूले वीरगंज शहरको अवलोकन भ्रमण समेत गर्नु हुनेछ ।
📅 मंसिर २६ गते
🔸 गढ़िमाई दर्शन
दर्शनपछि कलैयाको अधुरो ३ किमी सडक निर्माण सम्बन्धी समस्याहरू प्रत्यक्ष बुझाइ हुनेछ।
🔸 पथलैया नजिक दुधौरा पुल
दुधौरा पुलको अवस्था हेरी आवश्यक निर्देशन प्रदान।
🔸 चपूर – जन्मोत्सव पार्कमा जनसम्बोधन
स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद।
🔸 १५ वर्षदेखि रोकिएको बरहतवा पुलको निरीक्षण
दीर्घकालदेखि रोकिएको पुल निर्माण तत्काल पूरा गर्न आवश्यक कदम चालिनेछ।
🔸 शिव मन्दिर दर्शन
धार्मिक तथा सांस्कृतिक स्थलगत अवलोकन।
🔸 गौर भ्रमण
गौरको सामाजिक, आर्थिक तथा पूर्वाधार विकासको अवस्था अध्ययन गरी उचित निर्देशन दिइनेछ।
यसपछि माननीय मन्त्रीज्यू चितवन प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
सम्पूर्ण कार्यक्रमको व्यवस्थापन तथा समन्वय
कार्यक्रमको सम्पूर्ण व्यवस्थापन तथा सहयोगी भूमिकामा
उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य ई. अरविन्द साह
र Gen Z Parsa तर्फबाट विशेष साह
सक्रिय रूपमा संलग्न रहनु भएको छ।








Discussion about this post