
बिरगंज
मकवानपुर प्रहरीले सूर्य नेपाल प्रा.लि.का कर्मचारी बनेर विभिन्न व्यवसायीलाई लाखौँ रुपैयाँ बराबरको सामान ठगी गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूमा वीरगन्जका २८ वर्षीय ओमकृपा सरार्फ (राज सरार्फ), ४० वर्षीय बिरेन्द्र उर्फ रामराउत कुर्मी र ३२ वर्षीय नितेश कुमार केशरी रहेका छन्। ओमकृपा सरार्फ वीरगन्ज–रानीघाटका स्व. गेना साह सोनारका नाति तथा श्यामशंकर सरार्फका छोरा हुन्।
मकवानपुर क्राइम इन्भेस्टिगेसन युनिटका इन्चार्ज प्रहरी निरीक्षक राजुराउत कुर्मीका अनुसार, वीरगन्जको लिंक रोडस्थित लक्ष्मी सनराइज भवनमुनी रहेको एक हार्डवेयर पसलबाट हेटौँडाबाट ठगीमार्फत ल्याइएका ब्याट्रीहरू बरामद गरिएको हो। सिसीटीभी फुटेजले मुख्य आरोपी राज सरार्फको प्रत्यक्ष संलग्नता पुष्टि गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, पक्राउ परेकाहरूले हेटौँडाका विभिन्न व्यवसायीलाई अनलाइन अर्डर गरी भुक्तानीका लागि नक्कली बैंक भौचर ह्वाट्सएपमार्फत पठाउने गरेका थिए। सोही माध्यमबाट करिब १७ लाख ८७ हजार रुपैयाँ बराबरका सामग्री वीरगन्जतर्फ पठाइएकामा ठगी भएको खुलेको छ।








Discussion about this post