
२७ कार्तिक काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदभार ग्रहण गरेको पहिलो दिनमै प्रहरी परिवारका लागि महत्वपूर्ण निर्णय गरेका छन्। उनले कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मका प्रहरी कर्मचारी र तिनका आश्रित परिवारलाई आकस्मिक सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरेका हुन्।
आईजीपी कार्कीको अध्यक्षतामा बिहीबार बसेको नीति निर्माण समिति (PCC) बैठकले प्रहरी कल्याण कोषबाट खर्च हुनेगरी उक्त कर्जा योजना सञ्चालन गर्ने निर्णय गरेको हो।
प्रहरी प्रधान कार्यालयका एक अधिकारीका अनुसार, यो कर्जा ५ प्रतिशत ब्याजदरमा अधिकतम २ लाख रुपैयाँसम्म प्रदान गरिनेछ।
यो निर्णयले आर्थिक कठिनाइमा परेका प्रहरी कर्मचारी र उनीहरूको परिवारलाई तत्काल राहत पुर्याउने अपेक्षा गरिएको छ।








Discussion about this post